site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आगामी आर्थिक वर्षका लागि १९ खर्बको बजेट सिलिङ

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँको बजेट सिलिङ बुझाएको छ ।

आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्नेसम्बन्धी मार्ग दर्शन अर्थ मन्त्रालयमा पेस गरेको हो ।

“आयोगले १९ खर्ब रुपैयाँको बजेट सिलिङ मन्त्रालयमा बुझाएको छ,” अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, “आयोगले बुझाएको सिलिङमा आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी हुन्छ ।”

त्यस्तै, अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ पनि पेस गरेको छ ।  

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro