site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँबाट भरूवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौं । तनहुँ प्रहरीले भरूवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवघाट गाउँपालिका–४, आमडाँडा बस्ने ६१ वर्षीय संखबीर गुरूङ र सोही गाउँपालिका–४, खोडे बस्ने ६८ वर्षीय कृष्णबहादुर गुरूङ छन् ।

प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार संखबीरको घरबाट लुकाइ राखिएको अवस्थामा एकनाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ । यस्तै, कृष्णबहादुरको घरमा पनि लुकाइ राखिएको एकनाले बन्दुक फेला परेको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro