site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न कदम चाल्नेछौँ : भारतीय दूतावास

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा एक नेपाली विद्यार्थीको दुःखद मृत्यु भएको खबरप्रति काठमाडौंस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै केआईआईटीका अधिकारीहरूका साथै, ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको जनाइएको छ । स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको छ ।

विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील पनि गरेको छ । त्यस्तै, विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएकाे छ ।

"भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष हुन् । भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न आवश्यक कदम चाल्नेछ," दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युको छानबिन गर्न माग गर्दै सोमबार दिउँसो नेपाली विद्यार्थीहरूले लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro