site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जर्मन नागरिकको ५५ वर्षअघिको नेपाल अनुभवसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं । जर्मन आर्किटेक्ट वल्फग्यांग कोर्नद्वारा लिखित पुस्तक गाइडेड बाय गड्स, लस्ट इन लाइन्स सार्वजनिक गरिएको छ ।

काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले आइतबार एक समारोहमा ५५ वर्षअघिको नेपाल अनुभवसम्बन्धी पुस्तक सार्वजनिक गरेका हुन् । काठमाडौंको सांस्कृतिकस्थल यत्खा बहालमा भएको पुस्तक विमोचन समारोहमा उपमेयर डंगोलले लेखक कोर्नको नेपाली सम्पदा संरक्षणमा अतुलनीय योगदान रहेको बताइन् । नेपालको सम्पदाहरूको चित्रांकन नभएको समयमा कोर्नले ती सम्पदाको चित्रांकन गरेर नेपाली सम्पदाको संरक्षणमा ठूलो गुण लगाएको बताइन् ।

युवा पुस्ताले नदेखेको समयको नेपालको वर्णन यस पुस्तकमा पाउन सकिने उनको भनाइ थियो । आफू पहिलोपटक विदेश भ्रमण गर्दा जर्मनी नै गएको उल्लेख गर्दै ५५ वर्षअघि जर्मनबाट नेपाल आएका कर्नको त्यो बेलाको अनुभव पढ्न आतुर भएको बताइन् ।

त्यस्तै, नेपालका लागि जर्मन राजदूत प्रिन्जले पुस्तकले एक जर्मन नागरिकको नेपालमा योगदान मात्र उजागर नगरी नेपाल र जर्मनको सम्बन्ध पनि उजागर गरेको बताए । सम्पदा संरक्षण एक लामो यात्रा रहेको र यसमा जर्मनीको साथ रहने राजदूत प्रिन्जको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro