site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाथीभरा केबलकार पक्षका माबोलाई कालोमोसो

विराटनगर  । सुनसरीको धरानमा पाथीभरा केबलकार पक्षका पदम चेन्जी माबोलाई कालोमोसो दल्दै दुर्व्यवहार भएको छ ‌ ।

धरान–२, मेलोडी होटेलमा आइतबार किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको पत्रकार सम्मेलनमा माबो सहभागी थिए । त्यहाँ उपस्थित मुक्कुमलुङ पक्षधरले हातपात गर्दै अनुहारमा कालो गरिदिएका थिए ।

उनी याक्थुङ चुम्लुङका नवनिर्वाचित उपाध्यक्ष हुन् । माबोले मुक्कुमलुङमा केवलकार बन्नुपर्छ भन्दै आफ्ना विचारहरू सार्वजनिक गर्दै आएका छन् ।

'नो केबलकार' पक्षधरका नेता अमर ईजमले पत्रकार सम्मेलन गर्ने संस्थासँग नो केबलकार पक्षधरको कुनै सरोकार र उनीहरूको पत्रकार सम्मेलन गर्ने अधिकार भएको बताए ।

ईजमले माबोले 'नो केबलकार' पक्षधरहरूलाई सामाजिक सञ्जालमा मनपरी भन्ने गरेकोले कारबाही भएको बताए ।

ताप्लेजुङमा केबलकार बन्नुपर्छ र बन्नुहुँदैन भन्ने पक्षबीच विवाद छ ‌ ।

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro