site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजीकार्यका लागि गोताखोर परिचालन गरिएको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल शुक्रबार (आज) बिहान करिब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भई खोजीकार्य गरिरहेको डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro