site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालीखोलाबाट त्रिशूलीमा खसे मोटरसाइकल चालक 
फाइल तस्बिर ।

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डबाट एक मोटरसाइकल चालक त्रिशूली नदीमा खसेका छन् । इच्छाकामना गाउँपालिका–५, कालीखोलास्थित डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक त्रिशूलीमा खसेका हुन् ।

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०६–०२प९२०४ नम्बरको मोटरसाइकल शुक्रबार (फागुन २) दिउँसो डिभाइडरमा ठोक्किएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ती चालकको पहिचान भएको छैन । मोटरसाइकल फेला परेको ठाउँमा लमजुङ घर भई चितवनको रामनगरमा बस्दै आएका रोहित रानाको नागरिकता र भारतीय आर्मीको कार्ड भेटिएको उनले बताए ।

त्रिशूली नदीमा चालकको खोजी जारी छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro