site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुधार केन्द्रमा युवकको मृत्यु : ६ जना पक्राउ

काठमाडौं । बाराको एक सुधार केन्द्रमा राखिएका युवकको गए राति (फागुन १) मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जानकारी दिए ।

महतोको शव शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान थालिएको एसपी तामाङले बताए ।

मृत फेला परेका महतो कलैया–९, रामपुरका स्थानीय हुन् । उनको शव पोस्टमार्टमका निम्ति प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको परिचय प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro