site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुपन्देहीमा बालिकाको ‘बलात्कार’, दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा बालिकाको बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–३, गौरीटोलका २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा छन् ।

१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । बिहीबार (फागुन १) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको मंगलबार राति ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro