site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ मन्त्रालयले किन गर्‍यो खर्च कटौती ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि पाँच शीर्षकमा विनियोजन गरेको बजेटमा अर्थ मन्त्रालयले खर्च कटौती गरेको छ । खर्च हुन बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा पत्र पठाएको हो ।

तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुने बाहेकका कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पुँजीगत परामर्शमा छुट्याइएको रकममा खर्च कटौती गर्न परिपत्र गरिएको हो । अर्थ मन्त्रालयले गत सोमबार सबै मन्त्रालय, आयोग सचिवालय र कार्यालयलाई परिपत्र गरेको हो ।

विगतका आर्थिक वर्षमा सिर्जित दायित्व समेत चालु आर्थिक वर्षमा फरफारक गर्नुपर्ने कारण सञ्चित कोषमा थप दबाव सिर्जना भएको मन्त्रालयले जनाएको छ । “राजस्व संकलनमा संकुचन आएको, अपेक्षित रूपमा अन्तर्राष्ट्रिय सहायता प्राप्त हुन नसकेको तथा नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर भएको कारण चालु खर्च एवम् वैदेशिक ऋणको सावाँ ब्याज भुक्तानी गर्न विनियोजित बजेट नै अपर्याप्त हुने अवस्था सिर्जना भएको छ,” परिपत्रमा उल्लेख छ ।

सार्वजनिक खर्चलाई पुनः प्राथमिकीकरण गरी राष्ट्रिय गौरवका आयोजना तथा रोजगारी सिर्जना एवम् पुँजी निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने आयोजना तथा कार्यक्रमलगायत अत्यावश्यक कार्यका लागि स्रोतको व्यवस्थापन गर्न आवश्यक भएकाले खर्च कटौती गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

तर, चालु आर्थिक वर्षको बाँकी अवधिमा राजस्व प्राप्तिमा हुने सुधार तथा खर्चको आवश्यकताको आधारमा बजेट रोक्का तथा नियन्त्रणमा पुनरावलोकन गर्ने पनि परिपत्रमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro