site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रसियाद्वारा अमेरिकी विद्यालयका शिक्षक रिहा, ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी विद्यालयका शिक्षक मार्क फोगल रुसको जेलबाट रिहा भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क फोगललाई ह्वाइट हाउसमा स्वागत गरेका छन् । 

ट्रम्पले भ्लादिमिर पुटिनले बदलामा ‘धेरै’ नपाएको बताएका छन् । ट्रम्पले अर्का एक बन्धकलाई बुधबार रिहा गरिएको बताएका छन् । यद्यपि, ट्रम्पले उनको नाम भने खुलाएका छैनन् ।

६३ वर्षीय मार्क फोगल पूर्वकूटनीतिज्ञ हुन् । उनी मंगलबार साँझ वासिङ्टन डिसी पुगेका हुन् ।

मार्क फोगलले भनेका छन्, “म अहिले संसारकै सबैभन्दा भाग्यमानी व्यक्तिजस्तो महसुस गरिरहेको छु ।” 

रुससँग कैदीसम्बन्धी सम्झौताबारे ट्रम्पले भने, “यो निकै न्यायोचित छ ।” 

मार्क फोगललाई सन् २०२१ मा रुसको एक विमानस्थलबाट पक्राउ गरिएको थियो । उनीसँग थोरै मात्रामा गाँजा रहेको बताइएको थियो । उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो । बीबीसी
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro