site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलसँगको युद्धविराम सम्झौतामा हमासले के भन्यो ?

नयाँदिल्ली । इजरायलसँगको युद्धविराम सम्झौतामा हमासका वरिष्ठ नेता डा. बसिम नइमले स्थिति सुधार भए बन्धकहरूलाई रिहा गर्न तयार रहेको बताएका छन् ।

डा. बसिम नइमले हमास सम्झौताप्रति प्रतिबद्ध रहेको बताएका छन् । स्थिति सुधार भए अर्को शनिबार बन्धकहरूलाई सुम्पन तयार रहेको समेत बताए । उनले सम्झौताको निरन्तर उल्लंघनले यसलाई कमजोर बनाउने बताए ।

हमासले सोमबार एक विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको भन्दै बन्धकहरूलाई रिहाइमा रोक लगाएको बताएको थियो ।

हमासले इजरायलले बन्धकहरूलाई रिहा नगर्नु सम्झौताको पूर्ण उल्लंघन भएको बताएको थियो ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ देखि लागु भएको हो । त्यसयता हमासले १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । बदलामा इजरायलले ५६६ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro