site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सानिमा बैंकले मान्मको विद्यालयमा बाँड्यो न्यानो लुगा 

काठमाडौं । सानिमा बैंकले कालीकोटको एउटा विद्यालयमा न्यायो लुगा बाँडेको छ । बैंकको मान्म शाखाले खाँडाचक्र नगरपालिका–१ को कोइरेलगाउँस्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मान्म शाखाका कर्मचारीले विद्यालयका विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका थिए ।

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा असर परेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रमा जनतालाई प्रत्यक्ष फाइदा हुने गरी कार्यक्रम सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने बैंकको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro