site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चन्द्रागिरिमा इनार खन्नेक्रममा एकजनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पानीको इनार खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–९, मच्छेगाँउ टौखेल सालिक मार्गस्थित एक घरको कम्पाउन्डमा निर्माणाधीन इनारमा पुरिएर एक कामदारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार माथिबाट माटो खसी पुरिएर अचेत अवस्थामा उद्धार गरिएको थियो ।  घाइतेलाई तत्काल उपचारको लागि सतुंगलस्थित नेपाल एपीएफ अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।

प्रवक्ता बोहोराका अनुसार मृत्यु हुनेमा सुनसरीको इनरुवा गाउँपालिका– ५ घर भएका ४० वर्षीय लिडे उराउ छन् ।

कामदार पुरिएको सूचना पाएसँगै नेपाल प्रहरी र एपीएफको विपत व्यवस्थापन टोली त्यहाँ पुगेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro