site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकको १९८औँ शाखा पानीपोखरीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेले शुभारम्भ गरे । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३९ वटा शाखा र वाग्मती प्रदेशमा ५५ वटा शाखा सञ्चालनमा रहेका छन् ।

सुविधासम्पन्न यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको जनाएको छ ।

सो अवसरमा शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ ।

डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै, लकर सुविधा लिँदा अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro