site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, कुन–कुन देश प्रभावित हुनेछन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन् । ट्रम्पले यसलाई अमेरिकालाई फेरि धनी बनाउने सुरुआत भनेका छन् । 

“यो अमेरिकाका लागि ठूलो कुरा हो,” कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने ।

ट्रम्पले स्टील र आल्मुनियममा लगाइएको कर सबै देशहरूमा लागु हुने बताए ।

करले उपभोक्ताहरूका लागि मूल्य बढाउँछ भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “अन्ततः यो सस्तो नै हुनेछ ।” 

क्यानडा र मेक्सिको स्टील व्यापारका अमेरिकाका सबैभन्दा ठूला साझेदार हुन् । क्यानडा अमेरिकालाई आल्मुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । बीबीसी
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro