site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशभर आज मौसम मुख्यतया सफा रहनेछ । केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहे पनि मुख्यतया मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले कोसी, गण्डकी र कर्णाली प्रदेशमा दिउँसो आंशिक बदली रहने जनाएको छ । बाँकी प्रदेशको मौसम सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro