site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेमा ११ अंककाे गिरावट, ‘अन्य’ र व्यापार समूहबाहेक सबै परिसूचक घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.४० प्रतिशतले घटेर २६७७.३२ विन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ‘अन्य’ र व्यापार समूहको परिसूचक बढेको छ ।

आज ६ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन ७७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेड र गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।  

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro