site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसीमा वर्षा, पाँचवटा प्रदेशमा हिमपात हुने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागका आज वर्षाको सम्भावना छ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा केही क्षेत्रमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

तराईका थोरै स्थानमा हल्का हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

सातवटै प्रदेशमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro