site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ओखलढुंगा र प्युठानमा बलात्कार आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ओखलढुंगा र प्युठानमा बलात्कारका दुई छुट्टाछुट्टै घटना अनुसन्धानका क्रममा प्रहरीले दुई आरोपितलाई पक्राउ गरेको छ ।

ओखलढुंगामा १६ वर्षीया एक किशोरीको बलात्कार आरोपमा सिद्धिचरण नगरपालिका–९ का ३८ वर्षीय राजकुमार भुजेललाई शनिबार (माघ २६) बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको पुस १७ गते राति राजकुमारले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, प्युठानमा १३ वर्षीया एक बालिकाको बलात्कार आरोपमा प्रहरीले गौमुखी गाउँपालिका–५, खुङ सुन्दरमेलाका २२ वर्षीय कुलमान थापामगरलाई शनिबार साँझ पक्राउ गरेको छ ।

गएको बिहीबार (माघ २४) दिउँसो कुलमानले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro