site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताए ।

दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन संशोधनका निम्ति विधेयक संसद्‌मा दर्ता गराएको उनले उल्लेख गरे ।

“नागरिकतासम्बन्धी विधेयक संसद्‌मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्‌मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ,” उनले भने, “यस्तै, संघसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीनवटा कानुन संशोधनका लागि संसद् पुगेका छन् । बाँकी विधेयक यसै चालु अधिवेशनमा पुर्‍याउँछौँ ।”

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र निवृत्तको विषय निश्चित गरिएको गृहमन्त्रीले बताए । प्रहरीबाट आवश्यक सुझाव आए यो विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको उनले उल्लेख गरे ।

विधेयकका कमीकमजोरी संसद्‌मा सच्याउन सकिने भन्दै उनले चित्त नबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro