site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेनिघाटमा हाइस पल्टिँदा पाँचजना घाइते, सबै खतरामुक्त

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाटमा शनिबार यात्रवाहक हाइस दुर्घटना भएको छ । बेनिघाट रोराङ गापा–१० पानीधारामा अन्दाजी ०८ः२५ बजे भएको दुर्घटनामा पाँचजना घाइते भएका छन् । 

नारायणघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ७६३६ नम्बरको हाइस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा उनीहरू घाइते भएको प्रहरी चौकी जोगिमाराले जनाएको छ । 

हाइसमा १४ जना सवार थिए । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भएको र एकजना भने सामान्य उपचारपछि थप उपचारका लागि आफैँ चितवन मेडिकल कलेज गएको प्रहरी चौकी जोगिमाराका प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतले बाह्रखरीलाई जानकारी दिए । 

दुर्घटनलगत्तै आफ्नो नेतृत्वको टोलीले बाटोको अवरोध हटाएको र हाइस तथा चालकलाई नियन्त्रणमा लिएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro