site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा सैन्य कारबाहीमा तीन लडाकु मारिए

इस्लामाबाद । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन लडाकु मारिएको दाबी गरेको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले बिहीबार राति जिल्लाको दत्ता खेल क्षेत्रमा लडाकुको उपस्थितिको सूचनाको आधारमा गुप्तचरमा आधारित अपरेसन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

अपरेसन सञ्चालनको क्रममा, सेनाले महिलाको पहिरन लगाएर भाग्न खोजिरहेका लडाकुहरूलाई प्रभावकारी रूपमा मारेको थियो ।

सुरक्षा बलहरूले मारिएका लडाकुबाट हतियार र गोलाबारुद पनि बरामद गरे, जो यस क्षेत्रमा धेरै आतंककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए ।

आईएसपीआरले यस क्षेत्रमा फेला परेका कुनै पनि लडाकुहरूलाई हटाउनको लागि अपरेसन गरिएको जनाएको छ । पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतंकवादको खतरा हटाउन कटिबद्ध रहेको बताएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro