site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६०० किलो गाँजासहित युवक समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । लागुऔषध गाँजा करिब ६०० किलोसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मा छन् ।

महोत्तरीको भंगाहा नगरपालिका–६, मजरास्थित सडकबाट उक्त परिमाणको गाँजासहित बिहीबार राति (माघ २४) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रक चलाएर उनी महोत्तरीकै बर्दिबासबाट जलेश्वरतर्फ जाँदै थिए । ट्रकमा लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro