site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता

वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० यात्रु सवार एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । 

अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो । यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन् ।

खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो ।

गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा त्यसमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।

फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एउटा मेडिकल विमान दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो । १९ जना घाइते भएका थिए । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro