site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा युवकको मृत्यु, सँगै बसेकी साथीसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा एक युवकको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र झापाकै बिर्तामोड नगरपालिका–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गए राति (माघ २४) बिर्तामोड–४ स्थित एभरेस्ट होटेल एन्ड लजमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको थियो । सागर र उनकी केटी साथी मुना उक्त लजमा राति खाना खाएर सुतेका थिए ।

पछि राति करिब ११ बजे लजको कोठाभित्र बाथरुमको ढोकाछेउ भुइँमा लडेर सागर बेहोस भएका थिए । त्यसपछि उनलाई मुना र होटेल सञ्चालक यामकुमारीले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पुर्‍याएका थिए । अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

“अनुसन्धानका लागि होटेल सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिएका छौँ,” झापाका डीएसपी कृष्णकुमार चन्द्रले बाह्रखरीसित भने, “थप अनुसन्धान भइरहेको छ ।”

सुनसरीकी मुना झापाको कनकाई नगरपालिका–७, दुर्गापुरमा बस्दै आएकी थिइन् । मुना र यामकुमारीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro