site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा हट्दै हुस्सु र कुहिरो, बढ्दै भिजिविलिटी, काठमाडौंको तापक्रममा उतारचढाव
फाइल तस्बिर ।

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना छैन । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोसम्म हुस्सु र कुहिरो हट्ने विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो मधेस प्रदेशमा पूर्णतया सफा रहनेछ । बाँकी ६ वटा प्रदेशमा आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ । 

विभागले आज वर्षा र हिमपातको सम्भावना नरहेको बताएको छ । 

यसैबीच, काठमाडौंमा पनि आज मौसम सफा रहनेछ । काठमाडौंमा बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको छ । 

दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । 

काठमाडौंमा बिहीबार बिहान ५ : ४५ को न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसैले हिजोभन्दा आज काठमाडौंका कम तापक्रम छ । 

बुधबार बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

मंगलबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौंमा बिहान ६ : १० को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो । यो तथ्यांकले काठमाडौंको तापक्रममा उतारचढाव रहेको देखाउँछ । 

तराईमा केही हुस्सु र कुहिरो लागे पनि विगतका दिनको तुलनामा केही कम भएको उनको भनाइ छ । “विगतका दिनहरूको तुलनामा तराईका हुस्सु र कुहिरो कम हुन थालेको छ,” मौसमविद् दाहाल बाह्रखरीसँग भने, “बिहान लागेको हुस्सु र कुहिरो दिउँसोसम्म हट्नेछ । अब विस्तारै हुस्सु र कुहिरो कम हुन थालेको ।” 

बिहान पौने ६ बजे धनगढीको भिजिविलिटी १५ सय मिटर छ । पोखरा, भैरहवा र सिमराको भिजिविलिटी समान तीन हजार मिटर छ । विराटनगरको भिजिविलिटी एक हजार मिटर रहेको उनले जानकारी दिए । 

केही दिनअगाडि कतिपय स्थानमा भिजिविलिटी नीलसमेत हुने गरेको थियो । जाडो कम हुँदै जाँदा  हुस्सु र कुहिरो पनि घट्दै जाने मौसमविद्हरु बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro