site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बारा प्रहरीले फँडानी गर्‍यो ९ बिगाहा जग्गामा लगाएको गाँजा

काठमाडौं । बारा प्रहरीले ९ बिगाहा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ । उत्तरी भेग सिमराको नयाँ बस्ती क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सन्तोष तमाङले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयले निजगढ नगरपालिका–१२ र  १३ नम्बर वडाको एरियामा चार तथा सिमरातर्फ गरी ९ बिगाहामा लगाएको गाँजा नष्ट गरेको हो ।

लागुऔषध गाँजा तस्करीदेखि सेवनकर्ताका कारण सुरक्षा चुनौती देखिएको भन्दै प्रहरी निर्मम भएर अवैध गतिविधि रोक्न लाग्ने एसपी तामाङको भनाइ छ । तामाङले एक हप्ता अघिदेखि मात्रै बाराको कमान्ड सम्हालेका हुन् ।

Untitled-1738860962.jpg

gs-1738860961.jpg

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro