site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग

जेरुसेलम । इजरायलका विदेशमन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिएका छन् । 

इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखेका छन्, “मानव अधिकार परिषद्मा इजरायलविरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।”

‘‘परिषद् राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ,’’ सारले आरोप लगाएक छन् । 

सन् २०२३ अक्टोबर ७ देखि परिषद्ले इजरायलविरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको उनले दाबी गरेका छन् । 

इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषद्मा भाग नलिने उल्लेख गरेको छ ।” रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro