site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सूर्य नेपालको सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

काठमाडौं । सूर्य नेपालले सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज बजारमा ल्याएको छ । कम्पनीले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको हो ।

यसैक्रममा सूर्य नेपालले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ ।

सूर्य नेपालले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याइरहेको छ ।

यसैक्रममा उच्चकोटीका सामग्रीहरूमा कफी र चकलेटको समीश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफीका पारखीहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बासडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिइएको छ ।

सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोरहरूमा उपलब्ध छ ।

यसको ७५ ग्रामको आकर्षक प्याकेटभित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रूपैयाँ रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro