site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अदालतले सोध्यो– कर्माछिरिङ शेर्पामाथि किन अनुसन्धान भएन ?
फाइल तस्बिर ।

काठमाडौं । भक्तपुरको दधिकोटस्थित टुंग्रम इन्टरनेसनल एकेडेमी (टीआईए)को जग्गा किर्ते प्रकरणको अनुसन्धान नभएको विषयमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

टुंग्रम इन्टरनेसनल एकेडेमीको २९ रोपनी जग्गा नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्षसमेत रहेका कर्माछिरिङ शेर्पाले किर्ते कागजात बनाएर बेचेको आरोप लागेको छ । सोही विषयमा अनुसन्धानको माग गर्दै विद्यालय प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेको थियो ।

तर, टेकुले शेर्पामाथि अनुसन्धान प्रक्रिया अगाडि नबढाएपछि विद्यालय सञ्चालक समितिले २१ माघमा उच्च अदालत रिट दायर गरेको थियो ।

सोही रिटको सुनुवाइ गर्दै आज अदालतले शेर्पामाथि अनुसन्धान नहुनुको कारण मागेको हो ।

विद्यालयको सञ्चालक समिति सदस्यसमेत रहेका कर्माले सञ्चालक समितिको बैठकका निर्णय किर्ते गरेर जग्गा बेचेको आरोप लागेको छ । शेर्पामाथि स्कुल सञ्चालक समितिका अध्यक्ष ठुङ्रम ग्याल्टुल शेर्पाको हस्ताक्षर किर्ते गरेर अर्बौं पर्ने जग्गा बेचेको आरोप लागेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro