site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पछिल्लो चार दिन काठमाडौंको न्यूनतम तापक्रम कस्तो रह्यो ?

काठमाडौं । देशभर आज मुख्यतया मौसम सफा रहनेछ । केही प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो देशका धेरै स्थानमा मौसम सफा रहने जनाएको छ । कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ । 

कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

“कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,” विभागले भनेको छ । 

बिहानीपख तराईका भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण न्यून भिजिविलिटी छ । बिहान पौने ६ बजे विराटनगरको भिजिविलिटी दुई किलोमिटर छ । 

मौसमविद् राजु प्रधानाङका अनुसार नेपालगञ्जमा तीन किलोमिटर, भैरहवा र सिमरामा समान चार किलोमिटर, जनकपुरमा २५ सय मिटर भिजिविलिटी रहेको छ । चन्द्रगढीको भिजिविलिटी ३५ सय मिटर रहेको छ । 

“तराईमा बिहान लागेको हुस्सु र कुहिरो दिउँसोसम्म हट्छ,” मौसमविद् प्रधानाङले बाह्रखरीसँग भने । 

उनका अनुसार काठमाडौंमा बिहान ५ : ४५ को न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । 

बुधबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम आज कम हो । काठमाडौंमा बुधबार बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

मंगलबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौंमा बिहान ६ : १० को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले बताएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro