site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । दलितमाथि हिंसाको पक्ष लिएको भन्दै उनीविरुद्ध प्रदर्शन भएको हो । 

अन्तरजातीय बालविवाहको विषयमा गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको प्रदर्शनकारीको दाबी छ । प्रदर्शनमा सहभागी दलित अधिकारकर्मी खगेन्द्र सुनारलगायतले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको बताए । 

राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको सुनारको आरोप छ । उनले कांग्रेस शीर्ष नेतासँग दलितमाथिको भएको विभेदको धारणा माग गर्ने बताए । त्यस्तै, सुनारले कांग्रेस पार्टी कार्यालय, दलित आयोगलगायतका निकायमा धर्ना दिने उल्लेख गरे । 

यता, अन्तरजातीय बालविवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ । समाजमा छुवाछुत र जातीय विभेद बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । 

संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro