site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र          

अस्ट्रेलिया । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आफ्नो ओहोदाको प्रमाणपत्र गभर्नर जनरल शाम मोस्टनसमक्ष बुझाएकी छन् । 

क्यानबेरास्थित गभर्नर जनरलको कार्यालयमा आयोजना गरिएको एक समारोहमा राजदूत यादवले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् । सोही अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश पनि राष्ट्रप्रमुखसमक्ष हस्तान्तरण गरेकी थिइन् । 

स्थानीय आदिवासीहरूले आफ्नै शैलीमा राजदूत यादवको स्वागत गरेका थिए । 

अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध स्थापना भएको ६ दशकभन्दा लामो समयावधिमा पूर्वमन्त्री एवं पूर्वसभामुखलाई नै राजदूतको रूपमा पठाइएको यो पहिलोपटक हो । 

अस्ट्रेलियामा रहेको दूतावासले न्युजिल्यान्ड, फिजी, पपुवा न्युगिनीसमेत हेर्ने भएका कारण यसपछि यादवले न्युजिल्यान्डमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro