site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
वेस्ट बैंक आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु

जेरुसेलम । वेस्ट बैंकको चेकपोस्टमा मंगलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

सेनाले मारिएका सिपाहीमध्ये एक ३९ वर्षीय ८२११औँ बटालियनमा स्क्वाड कमान्डर रहेको बताएकाे छ । सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ । सेनाले थप दुई रिजर्भ सिपाही गम्भीर घाइते भएको र अन्य ६ जनालाई सामान्य चोट लागेको बतायाे ।

एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । इजरायली सिपाहीको पर्खाइमा रहेकाे उसले बिहान सबेरै गोली चलाउन थाल्याे । हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे पनि जिम्मेवारी लिएनन् ।

इजरायली सेनाले उत्तरी वेस्ट बैंकमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।

प्यालेस्टाइनी तथ्यांकका अनुसार गत महिना जेनिनमा आक्रमण सुरु भएदेखि इजरायली सेनाले कम्तीमा २७ जना मारेका छन् ।रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro