site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से १४ अंकले घट्यो, दुई समूहको परिसूचक बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १४.०८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ ।

यस दिन नेप्से परिसूचक ०.५१ प्रतिशतले घटेर २७१५.९१ विन्दुमा बन्द भएको छ । आठ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र ‘अन्य’ समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.१५ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक ०.४३ प्रतिशतले वृद्धि भएको छ ।

७१ कम्पनीको सेयर मूल्य बढेको छ । १६२ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro