site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २७३० विन्दुमा, घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (माघ २१) झिनो अंकले बढेर २७३० विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक २.४१ अंकले बढेको हो ।

कारोबार रकममा भने कमी आएको छ । आइतबारको तुलनामा सेयर कारोबार रकममा एक अर्ब सात करोड रुपैयाँले कमी आएको हो ।

यस दिन ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

सोमबार ९७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी सात समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro