site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यूएसएआईडीको अनुदान जैविक हतियार बनाउन प्रयोग भएको एलन मस्कको आरोप
फाइल तस्बिर ।

काठमाडौं । विश्वकै धनाढ्य एवं अर्बपति उद्यमी एलन मस्कले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (यूएसएआईडी)को सहायता जैविक हतियार बनाउन प्रयोग भएको आरोप लगाएका छन् । 

यूएसएआईडीको अनुदान सहायता कोभिड–१९ को महामारी निम्त्याउने र करोडौँको ज्यान लिने परियोजनामा खर्च भएको उनको आरोप छ । मस्कले यूएसएआईडीमाथि आपराधिक संगठनको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल एक्समा कानेकावा दिग्रेटले यूएसएआईडीको पाँच करोड ३० लाख अमेरिकी डलर इकोहेल्थ अलाइन्सलाई उपलब्ध गराइएको लेखेका छन् । इकोहेल्थ अलाइन्सले सो रकम चीनको वुहानस्थित ल्याबमा कोरोना भाइरसमाथि अनुसन्धान गर्न उपलब्ध गराएको उनको दाबी छ ।

त्यसैलाई रिपोस्ट गर्दै मस्कले यूएसएआईडीमाथि यस्तो आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सबै किसिमका अन्तर्राष्ट्रिय सहायता रोकेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro