site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पलाई मेक्सिकोको प्रतिक्रिया– सार्वभौमसत्तामा सम्झौता गरिने छैन

काठमाडौं । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले देशको सार्वभौमसत्तासँग कुनै सम्झौता नहुने बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा २५ प्रतिशत कर लगाएकोमा मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले मेक्सिकोले कुनै पनि प्रकारको द्वन्द्व नचाहेको बताउँदै हिम्मतको कमी नहुने चेतावनी दिएकी छन् ।

राष्ट्रपति शिनबामले आफूलाई जनताको समर्थन रहेको र आफू एक्लै नभएको बताएकी छन् ।

उनले भनेकी छन्, “संयुक्त राज्य अमेरिकाको तर्फबाट मेक्सिको सरकारको आपराधिक संगठनहरूसँग मिलेर भएको आरोपलाई अस्वीकार गर्छौं । सार्वभौमसत्तासँग कुनै सम्झौता हुन सक्दैन ।”

यसअघि उनले अमेरिकाले लगाएको करबारे प्रतिक्रिया दिँदै ‘अमेरिकाविरुद्ध पनि करवृद्धिसहित प्रतिशोधात्मक कारबाही गर्ने’ बताएकी थिइन् । 

“प्लान बी कार्यान्वयन गर्न अर्थमन्त्रीलाई निर्देशन दिन्छु । हामी यसका लागि काम गरिरहेका छौँ,” राष्ट्रपति शिनबामले भनेकी थिइन्, “यसमा मेक्सिकोको रक्षासँग सम्बन्धित ट्यारिफ (कर) र गैरट्यारिफ उपायहरू समावेश छन् ।” बीबीसी
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro