site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढ्यो महँगी, पुसमा ५.४१ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति केही बढेको हो । अघिल्लो वर्ष यस अवधिमा ५.२६ प्रतिशत मुद्रास्फीति थियो ।

पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ ।

जसमा ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य ५.६८ प्रतिशत र सहरी क्षेत्रमा ५.३१ प्रतिशतले बढेको छ ।

काठमाडौं उपत्यकाको मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro