site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हत्या आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुसुवाको उत्तरगया गाउँपालिका–५, बोगटीटारका ४३ वर्षीय बिचारी तामाङ छन् ।

स्थानीय ६० वर्षीय प्लेक्ता तामाङको हत्या गरेको उनीमाथि आरोप छ । बिचारीलाई शनिबार बेलुका (माघ १९) पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बिचारीले लेनदेनको विषयमा गएको बिहीबार दिउँसो कुटपिट गर्दा प्लेक्ता गम्भीर घाइते भएका थिए । काठमाडौंस्थित ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा शनिबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro