site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले छाड्यो थप तीन बन्धक, बदलामा १८३ प्यालेस्टाइनी रिहा

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले गाजामा युद्धविराम सम्झौताअन्तर्गत शनिबार थप तीन इजरायली बन्धक रिहा गरेको छ ।

रिहा हुनेमा ३४ वर्षीय यार्डन बिबास, ५३ वर्षीय ओफर काल्डेरोन र ६५ वर्षीय किथ सिगेल छन् । हमासले यी तीनजनालाई रेडक्रसको जिम्मा लगाएको छ ।

इजरायली जेलमा राखिएका १८३ प्यालेस्टाइनी कैदीका सट्टामा यी तीन बन्धकलाई मुक्त गरिएको हो । प्यालेस्टाइनी बन्दीलाई इजरायलले कब्जा गरेको वेस्ट बैंक र गाजापट्टीमा रिहा गरिएको थियो ।

हमास र इजरायलबीच जनवरी १९ मा भएको युद्धविराम सम्झौताअन्तर्गत उनीहरूलाई रिहा गरिएको हो । सम्झौताअनुसार पहिलो चरणमा ६ हप्तामा ३३ बन्धक रिहा गरिनेछ ।

युद्धविराम लागु भएपछि हालसम्म १८ इजरायली बन्धक रिहा गरिएको छ । हमासको कब्जामा अब नेपाली विद्यार्थी विपीन जोशीसहित ७९ बन्धक रहेका विश्वास गरिएको छ । यीमध्ये ४५ जना मात्र जीवित रहेका इजरायलको अनुमान छ । बाँकी बन्धक युद्धविरामको दोस्रो चरणमा रिहा गरिनेछ ।

मृत्यु भएका बन्धकको शव वा अवशेष तेस्रो चरणमा इजरायललाई हस्तान्तरण गरिनेछ । बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro