site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तीन इजरायली बन्धक शनिबार रिहा हुँदै

जेरुसेलम । इजरायल र प्यालेस्टिनी इस्लामी लडाकु समूह (हमास)बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

“इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ। सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,” प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो समाचार तयार पार्दासम्म रिहा हुने बन्धकको नाम सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन् ।”

शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ ।

गत जनवरी १९ देखि युद्धविराम लागु भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro