site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताप्लेजुङमा अलपत्र परेका ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं । ताप्लेजुङमा अलपत्र परेका ३९ तीर्थयात्रीको उद्धार गरिएको छ ।

केबलकार खारेजीको मागसहित आह्वान गरिएको मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकामा यातायात बन्दका कारण अलपत्र परेका तीर्थयात्रीको सशस्त्र प्रहरीले बिहीबार उद्धार गरेको हो ।     

कास्की, काठमाडौं, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका ३९ तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र थिए । सशस्त्र प्रहरी बल नेपाल नं. १  कञ्‍चनजंघा गुल्म ताप्लेजुङले इन्सेकसँगको समन्वयमा उद्धार गरी पाँचथरतर्फ पठाएको हो ।

सो गुल्मबाट मेची राजमार्गस्थित स्थायी चेकपोष्टमा स्थापना भएको सम्पर्क कार्यालयमा सम्पर्क राख्‍न आएका तीर्थयात्रीहरूलाई गुल्म परिसरमा सहायता कक्ष स्थापना गरी स्वास्थ्य  जाँच समेत गरिएको थियो । यसका साथै, उनीहरूको लागि गुल्मले खानाको समेत व्यवस्था समेत गरेको थियो । सोपश्चात् गुल्मले विभिन्न सवारीसाधनको व्यवस्था गरी स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म लगिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro