site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सफ्टबैंक ओपनएआईमा २५ अर्ब डलर लगानी गर्न इच्छुक

काठमाडौं । सफ्टबैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपन एआईमा २५ अर्ब अमेरिकी डलर लगानी गर्न वार्ता थालेको छ ।

सफल भएमा जापानको बहुराष्ट्रिय लगानी होल्डिङ कम्पनी सफ्टबैंक ओपनएआईको सबैभन्दा ठूला लगानीकर्ता बन्नेछ ।

सन् २०१९ मा पहिलोपटक ओपनएआईमा लगानी गर्ने माइक्रोसफ्टलाई समेत सफ्टबैंकले उछिन्नेछ ।

हालै एनभिडिया, ओराकल, माइक्रोसफ्ट र सफ्टबैंकलगायतले स्टारगेट एआई पूर्वाधारमा ५०० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका थिए । 

सफ्टबैंकले ओपनएआईमा १५ देखि २५ अर्ब अमेरिकी डलर लगानी गर्न चाहेको हो ।

कम्पनीले एआईका लागि शक्तिशाली डाटा सेन्टर बनाउने स्टारगेट परियोजनामा १५ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro