site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प

काठमाडौं । सांग्रिला मोटर्सको विराटनगरस्थित आधिकारिक विक्रेता श्रीजा अटोमोबाइल्सले एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सञ्चालन गरेको छ ।

कम्पनीले माघ १६ गतेदेखि माघ १९ गतेसम्म चार दिन कञ्चनजंघा बैंक्वेट, गोघ्रा चोक, विराटनगरमा क्याम्पको आयोजना गरेको हो ।

क्याम्पमा ग्राहकहरूले लिपमोटरको सी१० र सिट्रोन ईसी३ जस्ता अत्याधुनिक विद्युतीय गाडीसँग एक्सचेन्ज अफर र वित्तीय सुविधा पाउने कम्पनीले जनाएको छ ।

यस्तै, कार्यक्रममा ईभीहरूको टेस्ट ड्राइभ, विशेष छुट र सात किलोवाटको चार्जर पनि नि:शुल्क मिल्ने कम्पनीले जनाएको छ ।

क्याम्पले विराटनगरका ग्राहकलाई विद्युतीय सवारी साधनको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सुविधा प्राप्त गर्ने अवसर प्दान गर्ने श्रीजा अटोमोबाइल्सको विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro