site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनवटा प्रदेशमा वर्षाको सम्भावना, पाँचवटामा हिमपात, तराईमा बाक्लो हुस्सु र कुहिरो 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात सेवामा प्रभाव पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

विभागले कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका धेरै स्थानमा बदलीको सम्भाना छ ।

काठमाडौंमा बिहान हुस्सु लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “आज काठमाडौंमा मौसम बदली हुनेछ । बादल लाग्ने र घाम लाग्नेक्रम दिनभर चलिरहनेछ । दिउँसो केही बाक्लो बादल पनि लाग्ने सम्भावना छ,” उनले बाह्रखरीसँग भने । 

मौसमविद् लामिछानेका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो अधिकतम १८ डिग्रीदेखि २० डिग्री सेल्सियसम्म पुग्नेछ । 

बिहान ५ : ४५ को काठमाडौंको भिजिविलिटी ५ किलोमिटर छ । 

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । भैरहवादेखि पूर्व बाक्लो कुहिरो लागेको छ भने पश्चिम नेपालमा केही कम छ । 

धनगढीमा दुई हजार मिटर, नेपालगञ्जमा हजार मिटर र दिपायलमा ५०० मिटर भिजिविलिटी छ । भैरहवामा सबैभन्दा कम ५० मिटर र विराटनगरमा १०० मिटर भिजिविलिटी रहेको छ । 

“घाम लागेपछि केही कम हुन्छ । दिउँसोसम्म हुस्सु र कुहिरो हट्छ,” मौसमविद् लामिछानेले भने । 

दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा हवाई सेवा प्रभावित हुन्छ । विमान उडान तथा अवतरणका लागि दुई हजार मिटरभन्दा माथि भिजिविलिटी आवश्यक पर्छ । 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro