site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । 

निजले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । 

पीडितहरूले दिएको जाहेरी दरखास्तउपर अनुसन्धान हुँदा काठमाडौं कागेश्वरी मनोहरा नपा ३ का ४२ वर्षीय नीतेश पोखरेलले चारजना व्यक्तिबाट १२ लाख ठगी गरेको पाइएको थियो । 

निजलाई माघ १५ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

त्यसैगरी वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने कञ्चनपुर शुक्लाफाँटा १का २५ वर्षका भुवन कार्की पनि पक्राउ परेका छन् । 

हाल काठमाडौं जिल्ला टोखा नपा–६ बस्ने कार्कीलाई प्रहरीले कामनपा १२ बाट पक्राउ गरेको हो । कार्कीले तीनजनाबाट एक करोड ठगी गरेको र निजलाई माघ १४ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro