site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किरा लागेको राज्मा र चना नाकामै रोकियो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट भित्र्याइएको ठूलो मात्रामा राज्मा र चनाको दाल नाकामै रोक्का गरेको छ ।

विभागको नेपालगन्जस्थित प्रमाणीकरण कार्यालयले आइतबार २३ हजार २८० केजी राज्मा र ९ हजार ६०० केजी चनाको दाल रोकेको हो ।

ती दलहनमा किराले क्षति पुर्‍याएको दानाको मात्रा धेरै रहेको र तोकिएको मापदण्डअनुसारको नरहेको विभागले जनाएको छ । चना कशौधन ट्रेडर्स, नेपालगन्ज र राज्मा नेन्सी सप्लायर्स दाङले आयात गर्न लागेको थियो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ बमोजिम मापदण्ड नपुगेका खाद्यन्न पैठारी गर्ने व्यवसायीलाई कारबाही हुने विभागले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro