site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा आजदेखि तीन दिन बदली हुने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा केही दिन बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली केही सक्रिय हुँदा मौसम बदली हुने भएको हो । 

बिहान वाग्मतीसँगै कोसी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार काठमाडौं दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । 

“काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । बदली भए पनि वर्षाको सम्भावना भने छैन,” मौसमविद् कँडेलले बाह्रखरीसँग भनिन् । 

उनका अनुसार मंगलबार र बुधबार पनि काठमाडौंमा मौसम बदली हुनेछ । यद्यपि, वर्षा हुने छैन । 

“भोलि र पर्सी पनि काठमाडौंमा बदली हुनेछ । तर, वर्षा हुनेछैन । बदली भनेर घाम नै नलाग्ने भने होइन,” मौसमविद् कँडेलले भनिन् । 

बुधबार लुम्बिनी र मधेस प्रदेशबाहेक पाँचवटा प्रदेशका उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ । 

तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । न्यून भिजिविलिटी रहेको उनको भनाइ छ । तराईका केही स्थानमा शीतलहर चलिरहेको छ । 

तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु रकुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात सेवा प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro